Health TV Online
Health TV Online
Health TV Online

स्टार अस्पतालमा कोभिड बाहेकका अन्य सेवाहरु पनि सूचारु

स्टार अस्पतालमा कोभिड बाहेकका अन्य सेवाहरु पनि सूचारु

हेल्थ टिभी अनलाइन \काठमाडौं : ललितपुरको सानेपामा रहेको स्टार अस्पतालमा कोभिड बाहेकका अन्य सेवाहरु पनि सूचारु भएका छन्। कोरोना महामारीमा कोरोना संक्रमितको उपचारमा अब्बल ठहरिएको स्टार अस्पतालमा अहिले संक्रमितको संख्यामा कमी आएसँगै अन्य ओपीडी सेवा र नियमित शल्यक्रिया सुरु गरिएको अस्पतालले जनाएको छ ।

अस्पतालका मेडिकल निर्देशक डा शैल रुपाखेतीले कोरोना महामारीलाई ध्यानमा राख्दै कोरोना डेडिकेटेड अस्पताल बनाइएको भए पनि अब भने संक्रमित घट्दै गएपछि सबै खालका बिरामी भर्ना गर्ने तथा शल्यक्रिया सेवा सूचारु गरिएको बताए । उनले कोभिड र नन कोभिड दुबै विभाग अलग अलग बनाएर सेवाहरु सूचारु गरिएकाले अन्य बिरामीहरु पनि अस्पतालमा ढुक्क भएर सेवा लिन आउन सक्ने जनाए । उनले भने, ‘हामीले कोरोनाका बिरामी र नन कोरोनाका बिरामी राख्ने तल्ला नै छुट्टै बनाएका छौं ।’ बिरामीलाई कोरोना संक्रमणको जोखिम नहोस् भन्नका लागि अस्पतालमा उनीहरु हिंड्ने बाटो नै फरक गरेको समेत उनले जिकीर गरे ।

कोरोनाको पहिलो र दोस्रो दुबै लहरमा स्टारमा संक्रमितलाई प्राथमिकतामा राखेर उपचार सेवा दिइएको थियो । अन्य बिरामीहरुलाई पनि असजिलो नहोस भनेर आफूहरुले अब भने कोेभिड र नन कोभिड  विभाग छुट्याएर सेवा दिन सुरु गरेको अस्पतालले जनाएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार