ईशान बाल अस्पतालमा दुई दिनको नवजात शिशुको जटिल शल्यक्रिया गरियो
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौंको बसुन्धरामा रहेको ईशान बाल तथा महिला अस्पतालमा २ दिने नवजात शिशुको जटिल शल्यक्रिया गरिएको छ । खाने नली राम्ररी विकास नभएर खाएको कुरा पेटसम्म नगई सिधै फोक्सोमा जाने समस्या लिएर आएको २ दिनको बच्चाको सफल शल्यक्रिया गरिएको हो ।
अस्पतालका कार्यकारी निर्देशक तथा वरिष्ठ बाल शल्य चिकित्सक डा आरपी चौधरीको नेतृत्वको टिमले उक्त शल्यक्रिया गरेको हो । नवजात शिशु खाने नली र श्वासनली जोडिएको अवस्थामा अस्पताल आएको र आफूहरुले शल्यक्रिया मार्फत समस्या समाधान गरेको डा चौधरीले बताए । यो अवस्थालाई मेडिकल भाषामा ‘Esophageal atresia’ भनिन्छ । उनले ईशान बाल अस्पतालमा यसअघि पनि यस किसिमको जटिल शल्यक्रिया गरिएको भए पनि २ दिनको बच्चाको र जम्मा २ केजीको तौल भएको बच्चाको शल्यक्रिया भने पहिलो पटक भएको जनाए ।
पोखरा गण्डकी मेडिकल कलेजबाट रिफर भएर आएको उक्त शिशुको खानेनली ब्लक भएका कारण खाएको कुनै पनि खानेकुरा पेटसम्म नपुगी सिधै फोक्सोमा पुग्ने समस्या देखिएको थियो । यस्तो समस्यामा यहाँ सम्मकी शिशुको मुखमा आउने र्याल, थुक पनि पेटतिर नगई फोक्सोतिर जाने गर्छ । जसले गर्दा बच्चालाई निमोनिया हुन्छ र यस्तो अवस्थामा आमाले दुध खुवाउँदा झनै दुध सर्केर श्वासनलीमा गई शिशुको मृत्यु समेत हुनसक्ने डा चौधरी बताउँछन्। यो बर्थ डिफेक्टका बारेमा आमा र चिकित्सक चनाखो नभएमा बच्चाको तक्त्कालै मृत्यु हुनसक्ने डा चौधरीको भनाई छ ।
त्यसो त यस्तो समस्या निकै कम शिशुमा हुने देखिन्छ । १० हजार बच्चामा एक जनामा यस्तो समस्या देखिने डा चौधरी बताउँछन्। डा चौधरीको टिमले उनको माथिल्लो खाने नली र तल्लो खाने नलीलाई शल्यक्रियामार्फत जोडिदिएका हुन्। शल्यक्रिया सफल भएपछि सोमबार शिशु अस्पतालबाट डिस्चार्ज समेत भइसकेका छन्।
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने
डा सन्दीपलाई प्रश्न : घुँडा किन दुख्छ, कसरी बच्ने ?
आजदेखि सात जिल्लामा हात्तिपाइले विरुद्धको औषधि खुवाइँदै