चिकित्सा शिक्षा आयोगद्धारा चिकित्साशास्त्र तर्फको स्नातक तहको सिट निर्धारण
हेल्थ टिभी अनलाइन\ काठमाडौं : चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०७७ ७८ का लागि चिकित्साशास्त्र तर्फको स्नातक तहमा अध्यापन गराउनका लागि विभिन्न शिक्षण संस्थालाई विभिन्न विषयको सिट निर्धारण गरेको छ । आयोगको जेठ १९ मा बसेको कार्यकारी समितिको बैठकले यस्तो निर्णय गरको हो ।
आयोगले एमबीबीएस अध्ययन गराउने २० वटा शिक्षण संस्थामध्ये जानकी मेडिकल कलेज, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान बाहेक सबै १७ वटा मेडिकल कलेजलाई १०० का दरले सिट उपलव्ध गराएको छ ।
पहिलो पटक एमबीबीएसको सिट पाएको कर्णालीको भागमा भने २० सिट परेको छ । यस्तै पाटनलाई ६५ र जानकीलाई ५० सिट दिइएको छ ।
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने