Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

आज काठमाडौं उपत्यकामा थपिए ६०७ कोरोना संक्रमित

आज काठमाडौं उपत्यकामा थपिए ६०७ कोरोना संक्रमित

हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६ सय ७ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३९६ जना, ललितपुरमा १४५ जना र भक्तपुरमा ६६ जना संक्रमित थपिएका हुन्। देशभर गत २४ घण्टामा १४ हजार ८१९ जनामा परीक्षण गर्दा २ हजार ९१८ जनामा कोरोना पुष्टि भएको हो । ती मध्ये ६०७ जना उपत्यकामा पुष्टि भएका हुन्।

यसैगरी गत २४ घण्टामा ५३ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने ५ हजार १४७ जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयका अनुसार कुल संक्रमितमध्ये ३८ प्रतिशत काठमाडौं उपत्यकामा रहेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार