२४ घण्टामा १४ हजार ८१९ परीक्षण, २ हजार ९१८ जनामा कोरोना पुष्टि
५३ संक्रमितको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर थप २९ सय १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ हजार ८१९ जनाको कोरोना परीक्षण गर्दा २९ सय १८ जनामा कोरोना संक्रमण देखिएको हो ।
योसँगै देशभर कुल कोरोना संक्रमितको संख्या ६ लाख १० हजार ५२१ पुगेको छ । यीमध्ये ५ लाख ३६ हजार२५२ जना भने संक्रमणमुक्त भइसकेका छन्। मन्त्रालयका अनुसार आज थप ५३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसहित देशभर कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ८ हजार ४६५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ५ हजार १४७ जना निको भएका छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या ६५ हजार ८०४ रहेको छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित