२४ घण्टामा १४ हजार ८१९ परीक्षण, २ हजार ९१८ जनामा कोरोना पुष्टि
५३ संक्रमितको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर थप २९ सय १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ हजार ८१९ जनाको कोरोना परीक्षण गर्दा २९ सय १८ जनामा कोरोना संक्रमण देखिएको हो ।
योसँगै देशभर कुल कोरोना संक्रमितको संख्या ६ लाख १० हजार ५२१ पुगेको छ । यीमध्ये ५ लाख ३६ हजार२५२ जना भने संक्रमणमुक्त भइसकेका छन्। मन्त्रालयका अनुसार आज थप ५३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसहित देशभर कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ८ हजार ४६५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ५ हजार १४७ जना निको भएका छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या ६५ हजार ८०४ रहेको छ ।
दीर्घ जीवनका लागि रिस त्याग्नुहोस्, शान्त रहनुहोस
बसाइ नमिल्दा ढाड दुख्ने समस्या !
काठमाडौंमा १७ जना औंलोको बिरामी, सबै आयातित
स्वास्थ्य मन्त्रालयले भन्यो, सरकारी अस्पतालमा काम गर्ने अनि निजीको विज्ञापन गर्न कहाँ पाइन्छ ?
गर्मीमा तातो हावा ‘लू’ बाट कसरी जोगिने ?