बाँकेमा निषेधाज्ञा एक साता थपियो, खाद्यान्न पसल २ बजेसम्म खोल्न पाइने
हेल्थ टिभी अनलाइन \बाँके : बाँकेमा जारी रहेको निषेधाज्ञा थप एक साता लम्बिएको छ । कोरोना संक्रमणको जोखिम अझै कायम रहेकाले थप एक साता निषेधाज्ञा गर्ने निर्णय गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जनाएका छन्। यसपटकको निषेधाज्ञा केही खुकुलो हुने भने देखिएको छ ।
अब किराना तथा उपभोग्य सामानका अन्यपसलहरु बिहान ७ बजेदेखि २ बजेसम्म खोल्न पाइने भएको छ । यसैगरी विवाह, व्रतबन्ध जस्ता कार्यक्रममा जनस्वास्थ्यका मापदण्ड पालना गर्दे १५ जना सम्म सहभागी हुन पाउने व्यवस्था गरिएको छ । उता अनलाइन डेलिभरी सेवा भने रोकिने छैन्।
बाँके प्रशासनले कोरोनाको दोस्रो वेभका कारण हटस्पट बनेको बाँकेमा वैशाख १३ गतेदेखि निषेधाज्ञा जारी गरेको थियो ।
डा सन्दीपलाई प्रश्न : घुँडा किन दुख्छ, कसरी बच्ने ?
आजदेखि सात जिल्लामा हात्तिपाइले विरुद्धको औषधि खुवाइँदै
दीर्घ जीवनका लागि रिस त्याग्नुहोस्, शान्त रहनुहोस
बसाइ नमिल्दा ढाड दुख्ने समस्या !
काठमाडौंमा १७ जना औंलोको बिरामी, सबै आयातित