विश्व रक्तदाता दिवसमा नेपाल क्यान्सर अस्पतालमा रक्तदान कार्यक्रम
हेल्थ टिभी अनलाइन \काठमाडौं : विश्व रक्तदाता दिवसको अवसरमा ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । अस्पतालले दिवसको अवसर पारेर एक दिने रक्तदान कार्यक्रम गरेको हो ।
कोरोना महामारीका कारण वृहत कार्यक्रम गर्न नसकिए पनि सामान्य रुपमा जनस्वास्थ्यका मापदण्ड पालना गर्दै रक्तदान कार्यक्रम राखिएको अस्पतालले जनाएको छ । रक्तदान जीवन दान भएकाले यसको महत्व बुझाउनका लागि र सम्पूर्ण रक्तदाताको सम्मानका लागि कार्यक्रम राखिएको पनि जनाइएको छ ।
विश्वभरी नै रक्तदानको महत्त्वबारे जनचेतना फैलाउन र मानिसको अमूल्य जीवन बचाउने रक्तदाताहरुको योगदानप्रति धन्यवाद व्यक्त गर्नका लागि हरेक वर्ष जुन १४ तारिखका दिन यो दिवस मनाउने गरिन्छ ।
यसपटकको नारा ‘रक्तदान गरौं, विश्वलाई चलायमान राखौँ’ भन्ने रहेको छ ।
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै