Health TV Online
Health TV Online
Health TV Online

विश्व रक्तदाता दिवसमा नेपाल क्यान्सर अस्पतालमा रक्तदान कार्यक्रम

विश्व रक्तदाता दिवसमा नेपाल क्यान्सर अस्पतालमा रक्तदान कार्यक्रम

हेल्थ टिभी अनलाइन \काठमाडौं : विश्व रक्तदाता दिवसको अवसरमा ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । अस्पतालले दिवसको अवसर पारेर एक दिने रक्तदान कार्यक्रम गरेको हो ।

कोरोना महामारीका कारण वृहत कार्यक्रम गर्न नसकिए पनि सामान्य रुपमा जनस्वास्थ्यका मापदण्ड पालना गर्दै रक्तदान कार्यक्रम राखिएको अस्पतालले जनाएको छ । रक्तदान जीवन दान भएकाले यसको महत्व बुझाउनका लागि र सम्पूर्ण रक्तदाताको सम्मानका लागि कार्यक्रम राखिएको पनि जनाइएको छ ।

विश्वभरी नै रक्तदानको महत्त्वबारे जनचेतना फैलाउन र मानिसको अमूल्य जीवन बचाउने रक्तदाताहरुको योगदानप्रति धन्यवाद व्यक्त गर्नका लागि हरेक वर्ष जुन १४ तारिखका दिन यो दिवस मनाउने गरिन्छ ।

यसपटकको नारा ‘रक्तदान गरौं, विश्वलाई चलायमान राखौँ’ भन्ने रहेको छ ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार