काठमाडौंमा स्थगित भएको खोप आज र भोलि लगाइँदै, यी ४ अस्पतालमा गएर लगाउन सकिने
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं महानगरपालिकाले स्थगित गरेको खोप कार्यक्रम पुन: आजबाट सञ्चालनमा ल्याएको छ ।
महानगरपालिकाले आज र भोलि कोरोना विरुद्धको भेरोसेल खोप लगाउने भएको हो । जेठ २५ देखि २९ गतेसम्म ५ दिनका लागि सुरु गरेको खोप अभियानमा खोप अभाव भएको भन्दै निर्धारित मितिभन्दा दुई दिन अघि नै अभियान स्थगित भएको थियो । सोही अभियान आज र भोलि गर्न लागेको महानगरपालिकाले जनाएको छ ।
काठमाडौं महानगरपालिकाका हरिबहादुर कुँवरले आइतबार एक विज्ञप्ति जारी गर्दै भेरोसेल खोपको पहिलो मात्रा लगाउन छुटेका ६० र ६१ वर्ष उमेर समूहका जेष्ठ नगारिकलाई खोप कार्यक्रम सञ्चालन गरिएको जनाएका छन्। महानगरले सबै वडाहरुलाई सोही बमोजिम व्यवस्था गर्न समेत आग्रह गरेको छ । खोपका लागि ४ वटा अस्पताल तोकिएको छ । वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, विरेन्द्र सैनिक अस्पताल र निजामती अस्पताल बानेश्वरमा गई आज र भोलि काठमाडौं महानगरका ६० र ६१ वर्षमा नागरिकले बिहान १० देखि ४ बजेसम्म कोरोना विरुद्धको खोप लिन सक्ने छन्।
सरकारले जेठ २५ गतेदेखि देशभरका ६० देखि ६४ वर्षका नागरिकलाई भेरोसेल खोप दिने भन्दै सूचना जारी गरेको थियो । पछि फेरी खोप अभाव हुने भएपछि उपत्यकाबाहिर ६२ देखि ६४ वर्षकालाई र उपत्यकामा भने ६० देखि ६४ वर्षकालाई खोप दिइने जनाएको थियो ।
आज विश्व रेडक्रस दिवस मनाइँदै
गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रीमा सीता सुन्दास नियुक्त
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र