परीक्षण घटेसँगै संक्रमितको संख्या पनि घट्यो, आज २४०७ जनामा कोरोना पुष्टि
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा थप २ हजार ४०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना परीक्षण घटेसँगै देशभर नयाँ संक्रमित भेटिने क्रम पनि घटेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १२ हजार ४०६ जनाको परीक्षण गर्दा २ हजार ४०७ जनामा कोरोना पुष्टि भएको हो । मन्त्रालयका अनसार आज थप ४६ जनाको मृत्यु भएको छ । योसँगै देशभर कोरोना संक्रमण भएर ज्यान गुमाउनको संख्या ८ हजार ४१२ पुगेको छ । कुल कोरोना संक्रमितको संख्या ६ लाख ८ हजार ४७२ जना पुगेको छ । मन्त्रालयले अहिले कोरोना परीक्षण गर्ने प्रयोगशालाको क्षमता भन्दा आधा मात्र परीक्षण भइरहेको जनाएको छ । जसका कारण संक्रमितको संख्या कम देखिएको पनि मन्त्रालयले जनाएको छ ।
हाल ४४ जिल्लामा कोरोनाका ५ सय भन्दा बढी सक्रिय संक्रमित रहेका छन्। सबैभन्दा बढी सक्रिय संक्रमित ३८ प्रतिशत बाग्मती प्रदेशमा रहेको मन्त्रालयले जानकारी दिएको छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित