परीक्षण घटेसँगै संक्रमितको संख्या पनि घट्यो, आज २४०७ जनामा कोरोना पुष्टि
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा थप २ हजार ४०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना परीक्षण घटेसँगै देशभर नयाँ संक्रमित भेटिने क्रम पनि घटेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १२ हजार ४०६ जनाको परीक्षण गर्दा २ हजार ४०७ जनामा कोरोना पुष्टि भएको हो । मन्त्रालयका अनसार आज थप ४६ जनाको मृत्यु भएको छ । योसँगै देशभर कोरोना संक्रमण भएर ज्यान गुमाउनको संख्या ८ हजार ४१२ पुगेको छ । कुल कोरोना संक्रमितको संख्या ६ लाख ८ हजार ४७२ जना पुगेको छ । मन्त्रालयले अहिले कोरोना परीक्षण गर्ने प्रयोगशालाको क्षमता भन्दा आधा मात्र परीक्षण भइरहेको जनाएको छ । जसका कारण संक्रमितको संख्या कम देखिएको पनि मन्त्रालयले जनाएको छ ।
हाल ४४ जिल्लामा कोरोनाका ५ सय भन्दा बढी सक्रिय संक्रमित रहेका छन्। सबैभन्दा बढी सक्रिय संक्रमित ३८ प्रतिशत बाग्मती प्रदेशमा रहेको मन्त्रालयले जानकारी दिएको छ ।
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने