काठमाडौंमा आजदेखि रोकियो कोरोना विरुद्धको खोप अभियान
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौंमा कोरोना विरुद्धको खोप भेरोसेल दिने काम अहिलेलाई रोकिएको छ । खोप अभाव भएपछि कार्यक्रम निर्धारित मितिभन्दा दुई दिन अगावै रोक्न परेको काठमाडौं महानगरपालिकाले जनाएको छ । महानगरका स्वास्थ्य विभाग प्रमुख हरि बहादुर कुँवरले जेठ २५ गतेदेखि २९ गतेसम्मका लागि खोप अभियान कार्यक्रम राखिएको भए पनि स्वास्थ्य सेवा विभागबाट खोप सकिएको भन्ने जानकारी आएकाले सबै वडाहरुमा हाललाई खोप कार्यक्रम स्थगित गर्नुपरेको जनाएका छन्।
उनले भने, ‘स्वास्थ्य सेवा विभागबाट जिल्लालाई छुट्याइएको खोप संख्या सकिएको भनि सूचना प्राप्त भएकाले जेठ २८ अर्थात शुक्रबारबाट काठमाडौंमा खोप कार्यक्रम स्थगित गरेका हौं ।’
सरकारले यही जेठ २५ गतेदेखि ६० देखि ६४ वर्ष उमेर समूहलाई कोरोना विरुद्धको खोप भेरोसेल दिन शुरु गरेको थियो । चीन सरकारले अनुदानमा दिएको १० लाख डोज उनीहरुलाई दिन लागिएको हो ।
शुरुमा सरकारले सबै जिल्लामा ६० देखि ६४ वर्षकालाई खोप दिने सूचना जारी गरेको भए पनि अन्तिम समयमा आएर खोप कम भएपछि उपत्यकाबाहिर भने ६२ देखि ६४ वर्षकालाई मात्र उक्त खोप दिने बताएको थियो।
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’
स्वास्थ्यमन्त्री मेहताले स्वास्थ्य पत्रकारसँग किन मागिन एकाएक सुझाव ?
नेपाल क्यान्सर अस्पतालले एक अर्बको लगानी थप्दै
अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवामा सहकार्य