नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख नाघ्यो, मृत्यु हुनेको संख्या ८ हजार २३८
१६४३ जना आइसीयू र भेन्टिलेटरमा
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ३ हजार ७४९ संक्रमित थपिएसँगै देशमा कुल कोरोना संक्रमितको संख्या ६ लाख १ हजार ६८७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार संक्रमितमध्ये ५ लाख १५ हजार ५९१ जना भने संक्रमणमुक्त भइसकेका छन्। हाल देशभर ७७ हजार ८५८ जना सक्रिय संक्रमित रहेका छन्। जसमध्ये ७२ हजार १७८ जना होम आइसोलेसनमा र ५ हजार ६८० जना भने संस्थागत आइसोलेसनमा रहेका छन्। यीमध्ये पनि १२ सय ६१ जनाको आइसीयूमा र ३८२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । हालसम्म ८ हजार २३८ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन्।
मन्त्रालयका अनुसार संक्रमितमध्ये ६१ प्रतिशत अर्थात ३ लाख ६७ हजार २२ जना पुरुष छन् भने ३९ प्रतिशत अर्थात २ लाख ३४ हजार ६६५ जना महिला रहेका छन् । संक्रमितमध्ये १ दशमलब ३७ प्रतिशतले ज्यान गुमाएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
हालसम्म नेपालमा २२ लाख ४४ हजार ६१९ जनाले कोरोना विरुद्धको पहिलो मात्रा खोप लगाइसकेका छन् । यसैगरी दोस्रो डोज खोप लिनेहरुको संख्या ६ लाख ९१ हजार ४९४ रहेको मन्त्रालयले जनाएको छ ।
अहिले पनि ६० देखि ६४ वर्ष समूहलाई खोप अभियान जारी रहेको छ ।
आजदेखि सात जिल्लामा हात्तिपाइले विरुद्धको औषधि खुवाइँदै
दीर्घ जीवनका लागि रिस त्याग्नुहोस्, शान्त रहनुहोस
बसाइ नमिल्दा ढाड दुख्ने समस्या !
काठमाडौंमा १७ जना औंलोको बिरामी, सबै आयातित
स्वास्थ्य मन्त्रालयले भन्यो, सरकारी अस्पतालमा काम गर्ने अनि निजीको विज्ञापन गर्न कहाँ पाइन्छ ?