२४ घण्टामा १५ हजार २३८ परीक्षण : ३७४९ जनामा संक्रमण, ५९ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा थप ३ हजार ७४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार २३८ जनामा परीक्षण गर्दा ३ हजार ७४९ जनामा संक्रमण देखिएको हो ।
योसँगै देशभर कुल कोरोना संक्रमितको संख्या ६ लाख १ हजा। ६८७ पुगेको छ । उता यीमध्ये हालसम्म ५ लाख १५ हजार ५९१ जना भने संक्रमणमुक्त भइसकेका छन्। आज देशभर ५ हजार २९३ जना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ५९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार २३८ पुगेको छ ।
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने
डा सन्दीपलाई प्रश्न : घुँडा किन दुख्छ, कसरी बच्ने ?
आजदेखि सात जिल्लामा हात्तिपाइले विरुद्धको औषधि खुवाइँदै
दीर्घ जीवनका लागि रिस त्याग्नुहोस्, शान्त रहनुहोस
बसाइ नमिल्दा ढाड दुख्ने समस्या !