देशभर १६८७ जना संक्रमित आइसीयू र भेन्टिलेटरमा उपचाररत
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर १६८७ जना कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा उपचाररत रहेका छन्। यीमध्ये १३१२ जना आइसीयूमा र ३७५ जना भेन्टिलेटरमा रहेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाग्मती प्रदेशमा सबैभन्दा धेरै आइसीयूमा ७२४ र भेन्टिेटरमा २४७ जना रहेका छन् । यसैगरी प्रदेश १ मा २०२ जना आइसीयू र ४९ जना भेन्टिलटेरमा रहेका छन्। प्रदेश २ मा भने ६७ जना आइसीयूमा छन् भने १८ जना मात्र भेन्टिलेटरमा उपचाररत छन्।
गण्डकी प्रदेशमा ११४ र २७ जना क्रमस आइसीयू र भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ । उता लुम्बिनी प्रदेशमा १३८ जना आइसीयूमा छन् भने १९ जना भेन्टिलेटरमा छन्। कर्णाली प्रदेशमा ३७ जनाको आइसीयूमा उपचार भइरहेको छ भने ८ जना भेन्टिलेटरमा छन्। यसैगरी सुदूरपश्चिममा पनि ३० जना आइसीयूमा र ७ जना भेन्टिलेटरमा रहेको तथ्यांक छ ।
आज विश्व रेडक्रस दिवस मनाइँदै
गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रीमा सीता सुन्दास नियुक्त
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र