थप ४ हजार ३४४ जनामा कोरोना संक्रमण, ८१ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर थप ४ हजार ३४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ३४४ जनामा कोरोना पुष्टि भएको हो ।
गत २४ घण्टामा पीसीआर विधिबाट १० हजार ७४ जनाको र एन्टिजेन विधिबाट ४ हजार ५६८ जनाको परीक्षण गरिएको थियो । मन्त्रालयका अनुसार गत २४ घण्टामा उपत्यकामा ९१५ जना नयाँ संक्रमित थपिएका छन्। उता देशभर आज ८१ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
अहिले देशभर ८० हजार ३३६ सक्रिय संक्रमित रहेका छन्। यीमध्ये १३ सय १२ जना आइसीयूमा र ३७५ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित