Health TV Online
Health TV Online
Health TV Online

के हो पोष्ट कोभिड समस्या ? कसरी थाहा पाउने ?

के हो पोष्ट कोभिड समस्या ? कसरी थाहा पाउने ?

हेल्थ टिभी अनलाइन \काठमाडौं : कोभिड १९ संक्रमणमुक्त भइसकेपछि पनि कतिपयलाई केही लक्षणहरु देखिरहन सक्छन्। त्यस्तो समस्यालाई पोष्ट कोभिड समस्या भनिन्छ ।

चिकित्सकहरुका अनुसार कोरोना संक्रमणमुक्त भएपछि पनि अलि अलि जिउ गल्ने वा थकान भए जस्तो महसुस हुनसक्छ, त्यसमा आत्तिएर अस्पताल गइहाल्नु पर्दैन्। तर कसै कसैमा भने गम्भीर लक्षणहरु पनि देखिन सक्छन् त्यसमा भने ख्याल गर्नुपर्ने हुन्छ । कोरोना संक्रमणमुक्त भएर घरमा बस्दा सास फेर्न गाह्रो हुने, धेरै नै थकाई लाग्ने र कमजोरी महसुुस हुने एकाएक रक्तचाप घट्ने वा बढ्ने, थोरै हिंड्दा पनि स्वाँ स्वाँ हुने, निद्रा नलाग्ने, कालो ढुसीका लक्षण देखा पर्ने जस्ता लक्षणहरु देखिएमा भने तुरुन्त चिकित्सकसँग सल्लाह गरेर अस्पताल जानुपर्ने हुन्छ ।

यी लक्षणहरु देखिंदा पनि कोरोना निको भइसकेको हो भनेर ख्याल नगर्ने हो भने ज्यानै जानसक्ने चिकित्सकहरुको भनाई छ । त्यसैले कोरोना संक्रमणमुक्त भइसकेपछि पनि आउनसक्ने पोष्ट कोभिड समस्याकावारेमा सबैजना सचेत हुन जरुरी छ ।

सरुवा रोग विशेषज्ञ डा शेर बहादुर पुन कोरोना संक्रमणमुक्त भइसकेपछि पनि केही व्यक्तिहरुमा पछिसम्म भाइरसको संक्रमणको असर देखिनसक्ने बताउँछन्। भाइरसले फोक्सोमा असर गरिसकेको भए त्यसको असर पछिसम्म देखिनसक्ने हुनसक्छ उनले भने । धेरैमा यस्तो समस्या नहुने भए पनि सबैले कोरोना निको भएपछि पनि आउनसक्ने समस्याकावारेमा जानकार हुन भने जरुरी रहेको उनको भनाई छ । पछिल्लो समयकतिपय व्यक्तिहरु अस्पतालबाट निको भएर घरमा गएपछि मृत्यु भएका घटना पनि बाहिर आइरहेका छन् ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार