Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

नेपालमा कोरोना संक्रमण पुष्टि हुनेमा ६१ प्रतिशत पुरुष

नेपालमा कोरोना संक्रमण पुष्टि हुनेमा ६१ प्रतिशत पुरुष

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा हालसम्म ५ लाख ९५ हजार ३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यीमध्ये ३८ दशमलब ९६ प्रतिशत अर्थात २ लाख ३१ हजार ९२५ जना महिला रहेका छन् भने बाँकी ६१ दशमलब ४ प्रतिशत अर्थात ३ लाख ६३ हजार ४३९ जना पुरुषमा कोरोना पुष्टि भएको छ ।

यसले पनि के देखाउँछ भने कोरोना भाइरसले महिलाको तुलनामा पुरुषलाई बढी असर गरिरहेको छ । कोरोना महामारीबाट बढी प्रभावित हुने अमेरिका,ब्राजिल भारत लगायतका देशमा पनि कोरोना संक्रमण हुने दर पुरुषमा बढी देखिएकोछ । यो दर कोरोनाको पहिलो लहरमा महिलामा अझै कम देखिएको थियो ।

नेपालमा कुल संक्रमितमध्ये ८४ दशमलब ७ प्रतिशत निको भएका छन् भने १ दशमलब ३ प्रतिशत संक्रमितको मृत्यु भएको छ। बाँकी ८२ हजार ७३६ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन्। यसैगरी सक्रिय संक्रमितमध्ये १३२१ जना आइसीयूमा र ३७२ जना भेन्टिलेटरमा उपचाररत रहेका छन्।

अहिलेसम्म नेपालमा कोरोना संक्रमणबाट ८ हजार ९८ जनाको मृत्यु भइसकेको छ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार