चीनले दिएको खोप ६० देखि ६४ वर्षका नागरिकलाई जेठ २५ गतेदेखि दिइने
हेल्थ टिभी अनलाइन \काठमाडौं : चीन सरकारले अनुदानमा दिएको कोरोना विरुद्धको भेरोसेल खोप देशभरका ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई आगामी जेठ २५ गतेदेखि दिइने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चीन सरकारले दिएको ‘भेरोसेल’ खोप ६० देखि ६४ वर्षका नागरिकलाई दिइने भएको हो । यो अभियान देशभर यही जेठ २५ गतेदेखि शुरु हुने मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले खोप लगाउन जाँदा नागरिकता वा कुनै पनि सरकारी कागजात वा वडा कार्यालयले दिएको सिफारिस पत्र अनिवार्य साथमा लिएर जान आग्रह गरेको छ ।
चीनबाट आजै मात्र ८ लाख डोज खोप आइसकेको छ । यसैगरी तीब्बतले दिने २ लाख डोज खोपमध्ये आज ५० हजार डोज आएको छ भने बाँकी खोप भोलि नै आइपुग्ने पनि मन्त्रालयले जनाएको छ ।
नेपाललाई खोप सहयोग गर्नका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग टेलिफोन संवाद गरेकी थिइन् । त्यसलगत्तै चिनिया राष्ट्रपति सी ले १० लाख डोज खोप सहयोग गर्ने घोषणा गरेका थिए । त्यही प्रतिवद्धता अनुसार आज ८ लाख ५० हजार खोप नेपाल आइसकेको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण