कोरोना खोपवारे केही दिनमै सकारात्मक परिणाम आउँछ : परराष्ट्रमन्त्री ज्ञवाली
सन् २०२१ भित्रै सबै लक्षित समूहलाई खोप लगाइने
हेल्थ टिभी अनालाइन \काठमाडौं : परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कोरोना खोपवारेमा कुटनीतिक पहलहरु भइरहेकाले अबको एक सातादेखि १० दिनभित्रै ‘ब्रेक थ्रु’ हुने र सकारात्मक परिणाम आउने बताएका छन्।
शुक्रबार स्वास्थ्य पत्रकार मञ्चले आयोजना गरेको भर्चुअल छलफल कार्यक्रममा मन्त्री ज्ञवालीले पहलहरु भइरहेकाले खोप छिटै आउनेमा ढुक्क हुन आग्रह गरे । उनले विश्व नै कोरोना महामारीबाट आक्रान्त भएका बेला सबैतिर समस्या उस्तै भएकाले केही ढिला भए पनि अब भने परिणाम आउने गरी कुराहरु छलफलहरु भइरहेको र सन् २०२१ सम्म लक्षित समूहलाई कोरोना विरुद्धको खोप लगाउने लक्ष्य लिएको समेत जानकारी दिए । उनले चीनले घोषणा गरेको अनुदानको १० लाख डोज कोरोना खोप ४ दिन भित्रै नेपाल आइसक्ने समेत जनाए ।
मन्त्री ज्ञवालीले अहिले सरकारले चीन र अमेरिकासँग ५०\ ५० लाख डोज कोरोना खोप खरिदका लागि प्रक्रिया गरिरहेको भन्दै आफूहरु अनुदानमा मात्रै भर परेर नबसेको जनाए । उनले भने, ‘हामी अनुदानमा भर परेका छैनौं जसरी हुन्छ सबै नागरिकले खोप पाउनुपर्छ भन्ने हो त्यसैले खोप खरिदकै लागि अर्थ मन्त्रालयले ३६ अर्ब सुनिश्चित गरिसकेको छ ।’
यसैगरी कार्यक्रममा परिवार कल्याण महाशाखाका निर्देशक डा तारानाथ पोखरेलले कोरोना खोप पहिलो डोज लगाएका ६५ वर्ष माथिका नागरिकलाई एष्ट्राजेनिकाकै अर्को खोप भए पनि लगाउन सकिने विश्व स्वास्थ्य संगठनले मापदण्ड बनाएकाले त्यसतर्फ पनि सोचिरहेको जनाए । उनले कोभिसिल्ड नै नभए पनि त्यही फर्मुलामा बनेको त्यही कम्पनीको अर्को खोप लगाउन मिल्ने जिकीर गरे । डा पोखरेलले एउटै डोजले पनि ७० देखि ८० प्रतिशत काम गर्ने भएकाले ढिलो भयो भनेर नआत्तिन समेत आग्रह गरे ।
यसैगरी कार्यक्रममा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्णप्रसाद पौडेलले कोरोना महामारी नियन्त्रणका लागि सबैको साथ र सहयोग आवश्यक भएको भन्दै सबै मिलेर मात्र यसलाई नियन्त्रण र रोकथाम गर्न सकिने जनाए ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित