Health TV Online
Health TV Online
Health TV Online

भेरी अस्पताल घटना : दोषीलाई कारवाहीको माग गर्दै चिकित्सक तथा स्वास्थ्यकर्मी आन्दोलित

भेरी अस्पताल घटना : दोषीलाई कारवाहीको माग गर्दै चिकित्सक तथा स्वास्थ्यकर्मी आन्दोलित

हेल्थ टिभी अनलाइन \बाँके: भेरी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यर्मीलाई भौतिक आक्रमण गर्ने दोषीलाई कारवाही गर्नुपर्ने माग गर्दै स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएका छन्। हिजो राती अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएपछि उनका आफन्तले चिकित्सक तथा स्वास्थ्यर्मीलाई आक्रमण गरेपछि उनीहरु ज्यान जोगाउन भागाभाग गर्नु परेको थियो ।

कोभिड वार्डमा तोडफोड गर्दै ज्यान नै लिने शैलीमा आक्रमण गर्न थालेपछि चिकित्सक तथा नर्ससहित ४ जनाले अस्पतालको एक तला माथिबाट हाम फालेर ज्यान जोगाएका थिए ।

उनीहरुले कोरोना महामारीका बेला पनि ज्यान जोखिममा राखेर बिरामीको सेवामा खटिएका आफूहरुलाई काम गर्ने सुरक्षित वातावरणको ग्यारेन्टी नभएसम्म काममा नफर्किने जनाएका छन्।

यसैबीच चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आक्रमण गरेको आरोपमा प्रहरीले ३ जनालाई भने पक्राउ गरेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार