Health TV Online
Health TV Online
Health TV Online

भेरी अस्पतालमा कोरोना वार्डमा खटिएका स्वास्थ्यकर्मीमाथि आक्रमण

भेरी अस्पतालमा कोरोना वार्डमा खटिएका स्वास्थ्यकर्मीमाथि आक्रमण

हेल्थ टिभी अनलाइन \बाँके: बाँकेको भेरी अस्पतालमा उपचारका क्रममा कोरोना संक्रमित बिरामीको मृत्यु भएपछि स्वास्थ्यकर्मीलाई दोष देखाउँदै आक्रमणमा उत्रिएपछि चिकित्सक तथा स्वास्थ्यकर्मीले ज्यान जोगाउनका लागि एक तला माथिबाट हाम फालेका छन्।

बिहिबार करिब साढे ९ बजेतिर कोभिड वार्डमै आएर अन्धाधुन्ध रुपमा स्वास्थ्यकर्मीमाथि कुटपिट गर्न थालेपछि ज्यान जोगाउन चिकित्सक तथा नर्सहरुले एक तला माथिबाट हाम फाल्नु परेको हो । कोरोना संक्रमितको उपचारकै क्रममा मृत्यु भएको थियो । संक्रमितको मृत्यु भएलगत्तै उनका आफन्त आक्रोशित हुँदै स्वास्थ्यकर्मीमाथि हातपात गर्न थालेपछि चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले ज्यान जोगाउन भाग्नुपर्ने अवस्था आएको बताएका छन्।

घटना लगत्तै स्थनीय प्रशासन त्यहाँ पुगेको र घटनाको छानविन भइरहेको अस्पतालले जनाएको छ । स्वास्थ्यकर्मी तथा चिकित्सकले यो महामारीका बेला ज्यानको बाजी राखेर काम गरिंरहँदा पनि सुरक्षाको अनुभूति गर्न नपाएको भन्दै दोषीलाई कारवाही गर्न र काम गर्ने सुरक्षित वातावरण बनाइदिन माग गरेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार