आज ६ हजार ७१४ संक्रमित थपिंदा ६ हजार ७१६ जना संक्रमणमुक्त भए
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा ६ हजार ७१६ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको तथ्यांक अनुसार आज ६ हजार ७१४ जना नयाँ संक्रमित थपिंदा त्यो भन्दा धेरै ६ हजार ७१६ जना संक्रमित संक्रमणमुक्त भएका हुन्। गत २४ घण्टामा १९ हजार ३५२ जनाको कोरोना आशंकामा परीक्षण गरिएको थियो ।
यसैगरी आज १४५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै देशभर कुल कोरोना संक्रमितको संख्या ५ लाख ३५ हजार ५२५पुगेको छ । यीमध्ये ४ लाख ११ हजार ६०३ जना निको भइसकेका छन्। नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ हजार ८४५ पुगेको छ । हाल देशभर १ लाख १७ हजार ७७ जना सक्रिय संक्रमित रहेका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण