ललितपुरमा दोस्रो डोज लगाउन छुटेका फ्रन्टलाइनरलाई कोभिशिल्ड खोप आजबाट दिइँदै
हेल्थ टिभी अनलाइन \ललितपुर : आजदेखि पहिलो डोज कोरोना खोप लगाएका र दोस्रो डोज लगाउन छुटेको स्वास्थ्यकर्मी, सुरक्षाकर्मी पत्रकार लगायतलाई कोभिसिल्ड खोप लगाइँदै छ । स्वास्थ्य कार्यालय ललितपुरले कोभिड–१९ विरुद्धको कोभिशिल्ड खोपको दोस्रो डोज लगाउन छुटेका फ्रन्टलाइनमा रहेर सेवा प्रदान गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतलाई आजदेखि खोप लगाउन सुरु गरेको हो ।
जिल्ला खोप समन्वय समिति ललितपुरको मंगलबार बसेको बैठकले फागुन २३ गते अगाडि पहिलो प्राथमिकतामा परी खोप लगाएका तर दोस्रो डोज लगाउन छुट भएकालाई खोप दिने निर्णय गरेको हो । सो निर्णय बमोजिम फ्रन्टलाइनमा रहेर सेवा दिइरहेका सुरक्षाकर्मीहरुलाई जेठ १२ गते बिहान १० बजेदेखि ललितपुरस्थित महानगरीय प्रहरी वृत्त जाउलाखेलमा खोप लगाउने व्यवस्था मिलाइएको स्वास्थ्य कार्यालयले छ ।
यसैगरी स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सरसफाइकर्मी, पत्रकार, कुटनीतिक नियोगका कुटनीतिज्ञ तथा नियोगका कर्मचारी, सार्वजनिक संस्थान, बैंक तथा वित्तीय संस्थानका कर्मचारीहरुलाई जेठ १३ र १४ गते स्वास्थ्य कार्यालय ललितपुरमा बिहान १० बजेदेखि खोप लगाउने व्यवस्था मिलाइएको जनाइएको छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित