डा गोविन्द केसीको विज्ञप्तिप्रति दुर्गा प्रसाईको आपत्ति
हेल्थ टिभी अनलाइन\ काठमाडौं : झापामा रहेको बि एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईले डा गोविन्द केसीले जारी गरेको विज्ञप्तिप्रति आपत्ति जनाएका छन्।
डा केसीले सोमबार विज्ञप्ति निकाल्दै प्रसाईले प्रधानमन्त्री केपी शर्मा ओलीको आडमा रहेर प्रधानमन्त्रीकै संरक्षणमा आफ्नो अभियानका मिडिया संयोजक प्रितम सुवेदीलाई भौतिक आक्रमणको धम्की दिएको आरोप लगाउँदै विरोध जनाएका थिए।
डा केसीले सोमबार निकालेको सो विज्ञप्तिमा प्रसाईले आपत्ति जनाएका हुन्। उनले विज्ञप्तिमार्फत प्रधानमन्त्रीसँग जोडेर बि एन्ड सीबारे भ्रामक, कपोलकल्पित र असत्य आरोप लगाइएको दाबी समेत गरेका छन्। उनले बि एण्ड सी मेडिकल कलेजले देशको ऐन नियम कानून मानेर सोही अनुरुप नै सम्बन्धन प्रक्रिया अघि बढिरहेको भन्दै बाहिर केही व्यक्तिले कसैको लोभमा परेर सम्बन्धन नदिनका लागि सम्बन्धित निकायलाई धम्की दिइरहेको जनाए । तर यस्ता धम्कीले आफू नडराउने समत उनले जिकीर गरेका छन्।
‘कोभिड- १९ को माहामारीले नेपाल र नेपालीलाई आक्रान्त पारेको यस विकराल अवस्थामा नेपाली जनताको जीवन रक्षामा दिन रात नभनी स्वास्थ्य उपचारमा समर्पित यस संस्था र मुलुकका सम्माननीय प्रधानमन्त्री ज्यू उपर निजद्धारा विदेशी भुमीमा बसेर लगाइएका यस किसिमका भ्रामक, तथ्यहिन , झुठा, र निकृष्ठ गालि गलौज तथा आरोप आक्षेपको हामी घोर निन्दा र भत्सर्ना गर्दछौं,’ प्रसाईद्वारा जारी विज्ञप्तिमा भनिएको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण