स्वास्थ्य मन्त्री त्रिपाठीले भने- स्वास्थ्य संकटकाल लगाउन विज्ञले दिएको सुझावमा मन्त्रालय सकारात्मक छ
हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले स्वास्थ्य संकटकाल लगाउने विषयमा विज्ञहरुले सुझाव दिइरहेको र सोबारे मन्त्रालय सकारात्मक रहेको बताएका छन्।
मन्त्रालयले आज भर्चुअल रुपमा आयोजना गरेको पत्रकार सम्मेलनका क्रममा मन्त्री त्रिपाठीले जनस्वास्थ्य विज्ञहरुले स्वास्थ्य संकटकाल लगाउने विषयमा दिएको सुझावमा मन्त्रालय सकारात्मक रहेको जनाएका हुन्।
मन्त्री त्रिपाठीले यसको विस्तृतबारे जानकारी भने गराएनन्। मन्त्री त्रिपाठीले कोरोना खोप खरिदका लागि विभिन्न देशहरुसँग उच्चस्तरीय छलफल भइरहेको जनाए । उनले कोरोना नियन्त्रणका लागि सरकार आफनो स्तरबाट सक्दो प्रयास गरिरहेको जानकारी गराए । त्रिपाठीले अबको ४ सातामा कोरोना संक्रमण केही कम हुँदै जाने अनुमान गरिएको समेत जिकीर गरे ।
कोरोनाको नयाँ भेरियन्ट बढी संक्रामक र घातक भएकाले यसबाट बच्न सबैले जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्नुपर्नेमा उनको जोड थियो ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण