भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख नाघ्यो
हेल्थ टिभी अनलाइन : भारतमा कोरोना संक्रमण्बाट मृत्यु हुनेको संख्या ३ लाख नाघेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ आइतबारसम्म ३ लाख ३ हजार ७५१ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन्। विश्वको तथ्यांक हेर्दा अहिलेसम्म सबैभन्दा बढी कोरोना संक्रमणबाट अमेरिकामा मृत्यु भएको छ । अमेरिकामा मात्रै हालसम्म ६ लाख ४ हजार ८७ जनाको मृत्यु भएको छ ।
यसैगरी कोरोनाबाट धेरै संक्रमितको मृत्यु हुने देशमा दोस्रो नमबरमा ब्राजिल परेको छ । ब्राजिलमा ४ लाख ४९ हजार १८५ जनाको मृत्यु भएको छ । यसैगरी बढी मृत्यु हुने तेस्रो देश भारत बनेको छ । भारतमा अहिलेसम्म ३ लाख ३ हजार ७५१ जनाको मृत्यु भएको छ भने २ करोड ६७ लाख बढीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।
भारतमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १ दशमलब १३ प्रतिशत रहेको छ । यसैगरी कोरोनाबाट निको हुने दर ८८ प्रतिशत रहेको बताइएको छ । हाल भारतमा सक्रिय कोरोना संक्रमितको संख्या २७ लाख २० हजार भन्दा बढी रहेका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण