भारतमा बालबालिकामा कोरोना संक्रमण तीब्र रुपमा बढ्दै
हेल्थ टिभी अनलाइन : भारतमा पछिल्लो समय बालबालिकामा कोरोना संक्रमण तीब्र रुपमा बढ्दै गएको छ । कोरोनाको तेस्रो लहरमा बालबालिका कोरोनाको चपेटामा आउने बताए पनि अहिले नै धमाधम बालबालिका संक्रमणमा पर्न थालेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
भारतको कर्नाटकमा मात्रै पछिल्लो १५ दिनमा १९ हजार भन्दा बढी बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको बताइएको छ । महाराष्ट्रपछि बढी कोरोना संक्रमित भएको कर्नाटकमा पछिल्लो समय बालबालिकामा संक्रमण देखिने क्रम तीब्र रुपमा बढेको भन्दै विशेष सावधानी अपनाउन त्यहाँको सरकारले आग्रह गरेको छ विज्ञहरुले तेस्रो लहरमा कोरोनाको सबैभन्दा बढी चपेटामा बालबालिका पर्ने बताए पनि कोरोनाको दोस्रो लहरमै बालबालिका प्रभािवत मात्रै हैन् मृत्यु समेत हुन थालेपछि त्यहाँ विशेष अलर्ट जारी गरिएको छ ।
कोरोना संक्रमण देखिएका बालबालिकामा कोरोनाका सामान्य लक्षणभन्दा फरक पेट दुख्ने, झाडापखाला लाग्ने, छाला चिलाउने जस्ता लक्षण देखिएको त्यहाँका चिकित्सकहरुले बताएका छन्। बच्चामा कुनै पनि लक्षण देखिने बित्तिकै स्वास्थ्यकर्मीको सल्लाह र परामर्श लिन सबै अभिभावकलाई आग्रह गरिएको छ । नेपालमा पनि बालबालिकामा कोरोना संक्रमण देखिने क्रम पहिलो लहरभन्दा बढी रहेको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण