Health TV Online
Health TV Online
Health TV Online

नेपाल चिकित्सक संघले सञ्चालनमा ल्यायो एम्बुलेन्स सेवा

नेपाल चिकित्सक संघले सञ्चालनमा ल्यायो एम्बुलेन्स सेवा

हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपाल चिकित्सक संघले बिरामीका लागि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ।

भारतीय दुतावासले संघलाई उपहार स्वरुप दिएको बा. प्रदेश ०१ २५ च. ३६३५ नम्बरको एम्बुलेन्स आजबाट सञ्चालनमा ल्याइएको संघले जनाएको छ । आज संघका अध्यक्ष डा लोचन कार्कीले एम्बुलेन्सको समुद्घाटन गरेर सेवा सुरु गरेका छन्।

संघले कसैलाई पनि एम्बुलेन्स सेवा आवश्यक परेमा संघका प्रशासकीय सहायक प्रवेश लामिछानेको मोबाइल नम्बर ९८४००१४३०७ मा सम्पर्क गर्नसक्ने जनाएको छ । साथै एम्बुलेन्सका चालक सुरज तामाङको मोबाइल नम्बर ९७४६२७१४१२ मा समेत सम्पर्क गरेर सेवा लिन सकिने संघले जनाएको छ ।

सुरुवाती समय भएकाले हाललाई एम्बुलेन्स सेवा विहान ७ बजेदेखि बेलुका ८ बजेसम्म मात्र सञ्चालन हुने संघका महासचिव डा बद्री रिजालले जनाए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार