ईशान बाल अस्पतालले सुरु गर्यो बालबालिकाका लागि भेन्टिलेटरसहितको कोभिड वार्ड
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौंको बसुन्धरामास्थित ईशान बाल तथा महिला अस्पतालले बालबालिकाका लागि भेन्टिलेटरसहितको कोभिड आइसोलेसन वार्ड सञ्चालनमा ल्याएको छ ।
पछिल्लो समय बालबालिकामा कोरोना संक्रमण बढी देखिन थालेपछि अस्पतालमा कोभिड वार्ड सञ्चालनमा ल्याएको अस्पतालका निर्देशक प्राडा आरपी चौधरीले बताए । उनले भने, ‘सम्भवत निजी क्षेत्रमा हामी नै पहिलो अस्पताल हौंला यसरी बालबालिकाका लागि कोभिड वार्ड छुट्याएर उपचार सुरु गर्ने ।’ आफ्नो अस्पतालमा आउने बालिबालिकामा कोरोना संक्रमण देखिंदा कहाँ पठाउने भन्ने ठूलो चिन्ता हुने र त्यसले अभिभावक र बिरामी बच्चा दुबैमा अप्ठेरो परेको देखेर आफूहरुले बच्चाको उपचारमा सहज होस भनेर कोभिड वार्ड सुरु गरेको डा चौधरीको भनाई छ ।
उनले अहिलेलाई ८ बेडको आइसोलेसन वार्ड २ वटा भेन्टिलेटरसहितको सेवा सुरु गरेको जनाए । कोभिड र नन -कोभिड बच्चाहरुको उपचार एकै ठाउँमा गर्दा व्यवस्थापनमा समस्या धेरै हुने भए पनि हामीले यसलाई कर्तव्य ठानेर नै सेवा सुरु गरेका हौं उनले थपे । उनले कोभिड वार्ड बनेदेखि ८ जना संक्रमित बच्चाले सेवा लिएर निको भएर घर गइसकेको बताए।
आइसोलेसन वार्डमा काम गर्ने सफाइकर्मीदेखि, डाक्टर, स्वास्थ्यकर्मी सबै अलग्गै भएको समेत उनले जानकारी दिए । अस्पतालको छेटौं तल्लामा कोभिड संक्रमित बालबालिका मात्र हेर्ने गरी वार्ड छुट्याइएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण