कोरोना संक्रमणमुक्त भएको तीन महिनापछि मात्र कोरोना विरुद्धको खोप
हेल्थ टिभी अनलाइन : भारतमा कोरोना संक्रमण भएका व्यक्तिहरुले निको भएको तीन महिनापछि मात्र कोरोना विरुद्धको खोप लगाउन पाउने भएका छन्। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार अबदेखि कोही व्यक्तिलाई कोरोना संक्रमण पुष्टि भएको छ भने उक्त व्यक्ति निको भएको तीन महिना पुगेपछि मात्र कोरोनाको खोप लगाउन योग्य हुनेछ ।
भारतको ‘नेशनल एक्सपर्ट ग्रुप अफ भ्याक्सिन एडमिनिस्ट्रेटिभ अफ कोभिड १९’ ले त्यहाँको स्वास्थ्य मन्त्रालयलाई कोरोनाको खोपलाई लिएर संक्रमण भएको तीन महिनापछि मात्र खोप दिंदा यो बढी प्रभावकारी हुने भन्दै सिफारिस गरेको थियो ।
सो सिफािरसमा भारतीय स्वास्थ्य मन्त्रालयले स्विकृति दिएको बताइएको छ । योसँगै अबदेखि भारतमा कोरोना संक्रमण भएकाले तीन महिनापछि मात्र खोप लगाउन पाउने छन् ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित