राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले भन्यो- पोखराको विध ल्याब अवैध हो, पीसीआर नगराउनुस्
हेल्थ टिभी अनलाइन \काठमाडौं : विध ल्याब पोखराले कोरोनाको पीसीआर परीक्षण अवैध रुपमा गर्दै आएको खुलेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले आज एक विज्ञप्ति जारी गर्दै पोखराको नयाँ बजारमा रहेको विध ल्याब प्रा लि. नामक प्रयोगशालाले इजाजत पत्र नै नलिएर प्रयोगशाला सञ्चालन गरेकाले त्यहाँ हुने सबै परीक्षण अवैध हुने जनाएको छ ।
जनस्वास्थ्य ऐन २०७५ को दफा २२ बमोजिम कुनै पनि गैर सरकारी वा निजी स्वास्थ्य संस्थाले सरकारबाट इजाजत पत्र लिएर मात्र स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने नियम छ । तर विध ल्याबले दर्ता नै नगरी पीसीआर परीक्षण सेवा दिएको पाइएको हो ।
उक्त ल्याब अवैध रहेकाले त्यहाँ कुनै पनि परीक्षण नगर्न सबैलाई राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले आग्रह समेत गरेको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण