आँखारोग विशेषज्ञ प्राडा पूज्यश्री कार्कीको कोरोना संक्रमणबाट मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : आँखारोग विशेषज्ञ प्राडा पूज्यश्री कार्कीको कोरोना संक्रमणबाट निधन भएको छ।
कोरोना संक्रमण भएर थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालको आइसीयूमा उपचार भइरहेकोमा आज बिहान उनको मृत्यु भएको नेपाल चिकित्सक संघले जनाएको छ । संघले एक विज्ञप्ति जारी गर्दै देशले एक प्रतिष्ठित र कुशल नेत्ररोग विशेषज्ञ गुमाएको भन्दै यो दुखद घडीमा समवेदना व्यक्त गरेको छ । डा कार्की हाल ललितपुरको किस्ट अस्पतालमा कार्यरत थिइन्।
केही दिन अघि मात्र वरिष्ठ पेट रोग विशेषज्ञ डा आइएल आचार्यको पनि कोरोना संक्रमणबाटै मृत्यु भएको थियो ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण