भारतमा कोरोना संक्रमणबाट ३ सयभन्दा बढी पत्रकारको मृत्यु
हेल्थ टिभी अनलाइन : भारतमा कोरोना संक्रमणबाट हालसम्म ३ सयभन्दा बढी पत्रकारको मृत्यु भएको बताइएको छ ।
दिल्लीको ‘इन्स्टिच्युट अफ परसेप्शन स्टडीज’ का अनुसार भारतमा हालसम्म ३ सयभन्दा बढी पत्रकारको कोरोना संक्रमणबाट मृत्यु भएको हो । यसरी मृत्यु हुनेमा ३० वर्षदेखि ७१ वर्षसम्मका रहेको उक्त अध्ययनले जनाएको छ ।
भारतमा कोरोनाको पहिलो लहर अर्थात डिसेम्बर २०२० सम्ममा जम्मा ५६ जना पत्रकारको मृत्यु भएकोमा दोस्रो लहरमा आइपुग्दा यो संख्या बढेर ३ सय भन्दा बढी पुगेको सो संस्थाले जनाएको छ ।
नेपालमा पनि कोरोना संक्रमणमा परी हालसम्म १३ जना पत्रकारहरुले ज्यान गुमाएको र ७ सय बढी संक्रमणमा परेको नेपाल पत्रकार महासंघले जनाएको छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित