Health TV Online
Health TV Online
Health TV Online

चिकित्सक संघले बनायो चिकित्सकका लागि १ सय बेडको क्वारेन्टाइन

चिकित्सक संघले बनायो चिकित्सकका लागि १ सय बेडको क्वारेन्टाइन

हेल्थ टिभी अनलाइन \काठमाडौं : चिकित्सकहरुको छाता संगठन नेपाल चिकित्सक संघले उपचारमा खटिएका चिकित्सकहरुका लागि भन्दै १ सय बेडको क्वारेन्टाइन बनाएको छ।

संघका महासचिव डा बद्री रिजालका अनुसार चिकित्सकको  लागि कमलपोखरीस्थित अग्रवाल भवनमा १ सय बेडको सुविधा सम्पन्न क्वारेन्टाइन संचालन गर्न लागेको हो । उनले अग्रवाल सेवा केन्द्र, हिन्दु सेवक संघ र सेवा इन्टरनेशनलसँग संयुक्त आयोजनामा संचालित उक्त क्वारेन्टाइन र केही समयपछि आइसोलेसन सेन्टर समेत संचालन गर्ने तयारी गरिएको जनाए ।

उक्त क्वारेन्टाइन सेन्टर संचालनका लागि नेपाल चिकित्सक संघको तर्फबाट केन्द्रीय सदस्य डा प्रमोद जोशीको संयोजकत्वमा केन्द्रीय सदस्य डा रिेतेश थापा, वरिष्ठ प्रशासकीय अधिकृत मिलनचन्द्र खनालको ३ सदस्यीय समिति समेत गठन गरिएको छ।

नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले आज उक्त क्वारेन्टाइनको भर्चुअल रुपमा उद्घाटन गरेको संघले जनाएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार