सिभिल बन्यो १५० बेडको ‘कोभिड ‘डेडिकेटेड’ अस्पताल
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौंको मिनभवनस्थित सिभिल अस्पताल १५० बेडको कोभिड अस्पताल भएको छ ।
शुक्रबार बाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालय र अस्पतालबीच भएको सम्झौता अनुसार अस्पतालमा कोभिडका बिरामीहरुलाई उपचार गराउनको लागि दुई करोड २४ लाख ५० हजार रुपैयाँ अनुदान सहयोग गर्ने भएसँगै सो अस्पतालमा १५० बेडको कोभिड अस्पताल बनाउने काम अघि बढेको हो ।
सम्झौता अनुसार १५० बेडको अस्पताल सञ्चालनको लागि आवश्यक पर्ने आर्थिक, भौतिक औषधि, उपकरण, भवन, जनशक्ति लगायतको व्यवस्था अस्पतालले नै गर्नुपर्नेछ । साथै अस्पतालले नियमित तोकिएको ढाँचामा बिरामीको दैनिक अवस्थालाई विश्लेषण गरेर स्वास्थ्य कार्यालय काठमाडौंलाई प्रतिवेदन पेस गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।
सम्झौतामा मन्त्रालयको तर्फबाट वरिष्ठ स्वास्थ्य प्रशासक डा अर्जुनप्रसाद सापकोटा र अस्पतालको तर्फबाट कार्यकारी निर्देशक डा विधाननिधि पौडेलले हस्ताक्षर गरेका छन् ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण