कोरोना संक्रमितको भरोसा बन्दै भेरी अस्पताल, बेड भरिएपछि टेन्टमै राखेर उपचार
कल्पना आचार्य \बाँके : बाँँकेको नेपालगंजमा रहेको भेरी अस्पताल यतिबेला कोरोना संक्रमितको ठूलो भरोसा बनेको छ । कोरोनाको पहिलो र दोस्रो लहरमा नै ‘हटस्पट’ बनेको बाँकेमा रहेको भेरी अस्पताल परिसर नै कोरोना संक्रमितले भरिभराउ छ ।
अस्पतालका सबै बेड भरिएपछि बाहिर चौरमा टेन्ट टाँगेर उपचार दिन शुरु गरिएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाश थापाले संक्रमित राख्ने कहींकतै स्थान नभएपछि अहिले तत्काल उपचार चाहिने संक्रमितका लागि बाहिरै टेन्ट बनाएर अक्सिजन सपोर्टमा बिरामीको उपचार भइरहेको जनाए । कोरोना संक्रमित तीब्र रुपमा बढेपछि अस्पतालमा बेड मात्रै हैन् स्थानको पनि अभाव भइरहेको छ ।
आइसीयूको त कुरै छोडौं आकस्मिक कक्षमा राखिएका १६ वटा बेड समेत भरिएपछि आकस्मिक उपचारका लागि भन्दै टेन्ट टाँगिएको हो । भित्र बेड खाली नहुँदा सम्म अक्सिजन दिएर बिरामीलाई टेन्टमै होल्ड गर्ने र बेड खाली भएपछि भित्र लाने गरेको डा थापा बताउँछन् । उनले भने, ‘अहिलेका संक्रमितलाई आइसीयू भन्दा पनि अक्सिजनको सपोर्ट चाहिएको छ । त्यसैले हामीले संक्रमितको जीवनरक्षाका लागि यो प्रयास गरेका हौं । संक्रमितलाई बेड छै्न भनेर कहाँ पठाउने कहीं खाली नै छैन् । त्यसैले हामीले उनीहरुलाई यताउता भौतारिने समयमा यहीं केही व्यवस्था गर्न सक्छौं की भनेर यसरी सेवा दिन शुरु गरेको उनको भनाई छ ।
‘मेरो बिरामीलाई आइसियू चाहियो’ भनेर भौंतारिनु भन्दा पनि अक्सिजन सहितको बेड जहाँ पाइन्छ त्यहिं उपचार गराउनु अहिलेको परिस्थितिमा बुद्धिमतापूर्ण हुने उनको भनाई छ ।
शुक्रबार साँझसम्म भेरी अस्पतालमा २४२ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये १६० जना मध्यम अवस्थामा र ८२ जना गम्भीर अवस्थाका बिरामीहरु आइसीयूमा र एचडियुमा उपचाररत छन्।
भेरी अस्पतालले जनशक्तिको कमी हुँदा ह्रुँदै पनि कोरोनाको पहिलो र दोस्रो दुबै लहरमा भएका आफ्ना स्रोत साधन प्रयोग गर्दै उत्कृष्ट काम गर्दै आएको देखिन्छ ।






डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित