अस्पतालमा अक्सिजन अभाव, बिरामी विचल्लीमा
धेरै अस्पतालले सिकिस्त बिरामी लिनै छोडे
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं उपत्यकामा भएका ठूला अस्पतालले अक्सिजन अभाव भएको भन्दै कोरोनाको नयाँ संक्रमित भर्ना लिन नसक्ने भन्दै हात उठाउन थालेका छन्। राजधानीका चलेका ठूला अस्पतालमै अक्सिजन अभाव भएपछि यो स्थिती सिर्जना भएको हो ।
सरकारले अक्सिजनको वितरण सहज बनाउने भन्दै कोटा प्रणाली लागू गरिदिएपछि अस्पतालहरु झनै रुष्ट भएका छन्। निजी अस्पतालहरुको छाता संस्था एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल अफिनले विज्ञप्ति नै निकालेर सरकारको उक्त निर्णयको विरोध गरेको छ।
मंगलबार मात्रै नेपाल मेडिसिटी अस्पतालले अबदेखि कोरोनाका नयाँ सिकिस्त संक्रमित भर्ना गर्न नसक्ने भन्दै सार्वजनिक सूचना नै जारी गरेको छ । अस्पतालका मेसु डा राज राणाले अहिले नै कोभिडका १२० भन्दा बढी र नन कोभिडका १ सय भन्दा बढी बिरामी भर्ना भएर उपचार भइरहेको र ४० जना भेन्टिलेटरमा रहेको जनाए । दैनिक ४५० देखि ५ सय अक्सिजन सिलिण्डर चाहिनेमा सरकारले १ सय कोटा छुट्याउनु बिरामीमाथि हेलचेक्र्याइँ गर्नु रहेको उनको भनाई छ । यो अक्सिजन प्रयाप्त नहुने र यही अवस्था रहे उपचाररत बिरामीलाई पनि सेवा दिन नसकिने उनको भनाई छ ।
उता म.गलबार नै नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालले आफ्नो अस्पताललमा अक्सिजन ४ बजेसम्मका लागि पुग्ने मात्र रहेको र अक्सिजन सप्लाई गर्ने कम्पनीमा समस्या आएको भन्दै अब अक्सिजन सपोर्ट चाहिने बिरामीलाई आफनो व्यवस्था अन्य अस्पतालमा गर्न भन्दै डिस्चार्जको आग्रह गर्दै सूचना निकालेको छ ।
त्यसो त दुई दिन अघि ओम, मेट्रो काठमाडौं, कान्तिपुर अस्पताल, मेडिकेयर हेल्पिङ हेन्ड्स लगायतका अस्पतालले पनि अक्सिजन प्रयाप्त नभएको भन्दै नयाँ बिरामी भर्ना नलिने भन्दै सार्वजनिक सूचना नै जारी गरेका थिए । यसरी अधिकांश ठूला अस्पतालले अहिले अक्सिजनको अभाव झेलिरहेको देखिन्छ । सरकारले जारी गरेको कोटाको आधारमा अक्सिजन अहिले भएका बिरामीलाई पनि सेवा दिन नपुग्ने उनीहरुको भनाई छ । उता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जोगेश्वर गौतमले अहिले अक्सिजनको माग अत्यधिक बढी भएकाले समस्या उत्पन्न भएको स्विकार गरे । उनले माग अनुसार अकिसजन उत्पादन हुन नसक्दा समस्या आएको भए पनि सरकारले यसका लागि पहल गरिरहेको हुँदा केही दिनमा समस्या समाधान हुने जिकीर गरे ।
सबै अस्पतालमा अक्सिजन अभाव भएर बिरामी भर्ना लिन नमान्दा चरमा मारमा बिरामी पर्न थालेका छन्। जसका कारण अक्सिजन नपाएकै कारण कयौं बिरामीको मृत्यु समेत हुन थालेको छ । पछिल्लोपटक अक्सिजनको आवश्यकता पर्ने कोरोना संक्रमितको संख्या बढ्दै गएपछि यस्तो अवस्था सिर्जना भएको हो ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित