काठमाडौं उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा
अत्यावश्यक खाद्य सामाग्रीको पसल बिहान १० बजेसम्म खोल्न पाइने
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं उपत्यकाका तीन जिल्लामा आगामी जेठ १३ गते मध्यरातसम्म निषेधाज्ञा थप गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सो निर्णय गरेको हो ।
बैशाख २९ गते मध्यरातदेखि जेठ १३ गते मध्यरातसम्म निषेधाज्ञा थप गरिएको हो । थप गरिएको निषेधाज्ञालाई अझ प्रभावकारी बनाउइने बताइएको छ । यसभन्दा अघि थप गरिएको निषेधाज्ञाको समय भोलि राती सकिने भएपछि प्रशासनले आजै १५ दिन निषेधाज्ञा थप गरेको हो ।
यसपटकको निषेधाज्ञामा पनि अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन नपाइने, होटल, पार्टी प्यालेस, सैलुन, क्लब रेष्टुरेन्ट सबै बन्द रहने छन्। विवाह व्रतबन्धमा अब आफ्नै घरमा गर्दा पनि १० जना भन्दा बढी जम्मा नहुन आग्रह गरिएको छ । अत्यावश्यक खाद्य सामाग्रीका पसललाई अब बिहान १० बजेसम्म खोल्न दिने निर्णय भएको छ ।
निषेधाज्ञाको उल्लघंन गर्नेलाई संक्रामक रोग ऐन २०२० अनुसार कारवाही गरिनेछ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण