२४ घण्टामा ४ हजार २२ जनाले जिते कोरोना, ८३२ जना आइसीयूमा र २६७ जना भेन्टिलेटरमा
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा ४ हजार २२ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ४ हजार २२ जनाले कोरोना भाइरसलाई जितेर डिस्चार्ज भएका छन्।
उता यहीवीच ८३२ जना सिकिस्त कोरोना संक्रमितको आइसीयूमा र २६७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । आज थपिएका ८ हजार ८५० जना संक्रमित सहित देशमा कुल कोरोना संक्रमितको संख्या ३ लाख ९४ हजार ६६७ पुगेको छ । उता ३ हजार ७२० संक्रमितको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ । कोरोना जित्नेको संख्या पनि ३ लाख २ हजार ७८७ पुगेको छ ।
अहिले सक्रिय संक्रमितको संख्या ८८ हजार १६० रहेको मन्त्रालयले जनाएको छ । उनीहरुमध्ये ८१ हजार ४३० जना होम आइसोलेसनमा र ६ हजार ७३० जना संस्थागत आइसोलेसनमा रहेका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण