३१ वर्षीया महिलासहित गण्डकी प्रदेशमा थप ११ जना कोरोना संक्रमितको मृत्यु
हेल्थ टिभी अनलाइन \पोखरा : गण्डकी प्रदेशमा आज थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
गण्डकीको स्वास्थ्य निर्देशनालयले विज्ञप्ति जारी गर्दै हिजो साँझदेखि अहिलेसम्म ११ जना कोरोना संक्रमितको मृत्यु भएको जनाएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या २६२ पुगेको छ । यसरी मृत्यु हुनेहरुमा कास्कीमा ६ जना, स्याङ्जाका २ जना, रुपन्देहीका एक जना, पर्वतका एक जना र म्याग्दीका एक जना रहेका छन्।
उनीहरुको उपचारकै क्रममा मृत्यु भएको हो । कोरोनाबाट मृत्यु भएकाहरुको उमेर ३१ देखि ६० वर्ष रहेको निर्देशनालयले जनाएको छ । पछिल्लो समय कोरोनाबाट मृत्यु हुनेको संख्या ह्वात्तै बढेको छ ।
हालसम्म देशभर कोरोना संक्रमणबाट ३ हजार ६३२ जनाको मृत्यु भइसकेको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण