काठमाडौं महानगरद्धारा त्रिवि शिक्षण अस्पताललाई भेन्टिलेटर सहयोग
हेल्थ टिभी अनलाइन\ काठमाडौं : काठमाडौं महानगरपालिकाले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजलाई १० वटा भेन्टिलेटर सहयोग गरेको छ ।
भेन्टिलेटरको अभावमा कोरोना संक्रमितको उपचारमा समस्या परेका बेला महानगरले १० वटा भेन्टिलेटर सहयोग गरेको हो।
महानगरका मेयर विद्या सुन्दर शाक्य एवं उपमेयर हरिप्रभा खड्गीले शनिबार अस्पताल परिसर पुगी भेन्टिलेटर हस्तान्तरण गरेका हुन्।
अहिले काठमाडौं उपत्यकामा धेरै अस्पतालमा अक्सिजन, आइसीयू र भेन्टिलेटरको समस्या भएका कारण धेरै संक्रमितले बेड नपाएरै ज्यान गुमाउन परेको अवस्था छ ।
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा