काठमाडौं उपत्यकामै छन् ३४ हजारभन्दा बढी सक्रिय संक्रमित
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं उपत्यकामा मात्रै हाल ३४ हजार भन्दा बढी सक्रिय कोरोना संक्रमित रहेका छन्। उपत्यकामा तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा मात्रै ३४ हजार ६२१ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यीमध्ये काठमाडौंमा २५ हजार ९४०, भक्तपुरमा ३ हजार २५२ र ललितपुरमा ५ हजार ४२९ सक्रिय संक्रमित रहेका छन्। उता हालसम्म काठमाडौंमा ८१४ जना, भक्तपुरमा १६८ जना र ललितपुरमा २३२ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । त्यसो त काठमाडौंका कुल संक्रमत १ लाख ३९ हजार ५५६ मध्ये १ लाख १२ हजार ८०२ जना संक्रमणमुक्त भइसकेका छन्।
उता भक्तपुरमा कुल संक्रमितको संख्या १३ हजार २४५ पुगेको छ भने ९ हजार ८२५ जना निको भइसकेका छन्। ललितपुरमा हालसम्म २३ हजार २९६ जनामा कोरोना पुष्टि भएको छ । तीमध्ये १७ हजार ६३५ जना निको भएर डिस्चार्ज भएका छन्। उपत्यकाकाका विभिन्न अस्पतालमा १९४ जना संक्रमितको आइसीयूमा र ८८ जनाको भेन्टिलेटरमा उपचार भइहरेको छ ।
पछिल्लो समय कोरोना संक्रमण उपत्यकामा उच्च दरमा फैलिरहेको छ । जसका कारण अस्पतालमा संक्रमितलाई बेड पाउनै मुश्किल छ । अहिले देशभर सक्रिय कोरोना संक्रमतिको संख्या ७८ हजार ६२९ रहेको छ । शुक्रबारसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ५७९ रहेको मन्त्रालयले जनाएको छ ।
घनाबस्ती भएका कारण पनि उपत्यका कोरोनाको उच्च जोखिममा रहेको विज्ञहरुले बताउँदै आएका छन्।
गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रीमा सीता सुन्दास नियुक्त
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल