शुक्रबार थपिए ९ हजार १९६ कोरोना संक्रमित, ५० जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा आज थप ९ हजार १९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्या अहिलेसम्मकै उच्च हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार देशभरका प्रयोगशालामा २० हजार ४८२ जनाको कोरोना परीक्षण गर्दा ९ हजार १९६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा १९ हजार ९८७ जनाको पीसीआर विधिबाट र ४९५ जनाको एन्टिजेन विधिमार्फत परीषण गरिएको थियो ।
योसँगै देशभर कुल कोरोना संक्रमितको संख्या ३ लाख ७७ हजार ६०३ पुगेको छ । उता गत २४ घण्टामा ५० जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आज मृत्यु भएकासहित गरी देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ५७९ पुगेको छ ।
अहिले देशमा सक्रिय संक्रमितको संख्या ७८ हजार ६२९ पुगेको छ । यसैगरी गत २४ घण्टामा २९ सय ५ जना कोरोना जितेर निको भएका छन्।
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’
स्वास्थ्यमन्त्री मेहताले स्वास्थ्य पत्रकारसँग किन मागिन एकाएक सुझाव ?
नेपाल क्यान्सर अस्पतालले एक अर्बको लगानी थप्दै
अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवामा सहकार्य