शुक्रबार थपिए ९ हजार १९६ कोरोना संक्रमित, ५० जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा आज थप ९ हजार १९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्या अहिलेसम्मकै उच्च हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार देशभरका प्रयोगशालामा २० हजार ४८२ जनाको कोरोना परीक्षण गर्दा ९ हजार १९६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा १९ हजार ९८७ जनाको पीसीआर विधिबाट र ४९५ जनाको एन्टिजेन विधिमार्फत परीषण गरिएको थियो ।
योसँगै देशभर कुल कोरोना संक्रमितको संख्या ३ लाख ७७ हजार ६०३ पुगेको छ । उता गत २४ घण्टामा ५० जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आज मृत्यु भएकासहित गरी देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ५७९ पुगेको छ ।
अहिले देशमा सक्रिय संक्रमितको संख्या ७८ हजार ६२९ पुगेको छ । यसैगरी गत २४ घण्टामा २९ सय ५ जना कोरोना जितेर निको भएका छन्।
आज विश्व रेडक्रस दिवस मनाइँदै
गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रीमा सीता सुन्दास नियुक्त
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र