अहिले ५० लाख डोज कोभिसिल्ड खोप खरिद गर्ने अवस्था छैन् : स्वास्थ्य मन्त्रालय
हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिले नै ५० लाख डोज कोभिसिल्ड खोप भारतबाट खरिद गर्न सक्ने अवस्था नभएको बताएको छ । मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै भारत आफै कोरोनाको चपेटामा परेका बेला नेपालले अहिले त्यहाँबाट ५० लाख डोज खोप ल्याउन सक्ने अवस्था नरहेको जनाएको हो ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जारी गरेको विज्ञप्तिमा भारतको सिरम इन्स्टिच्युटसँग नेपालले खरिद गरेको २० लाख डोज खोप मध्ये १० लाख आएको र १० लाख डोज अझै आउन बाँकी भएकाले सो भने परिस्थिती सहज भए लगत्तै पठाउने सूचना आएको जनाइएको छ । केही समयअघि खोप कम्पनीमा आगलागी भएपछि क्षमता विस्तार र उत्पादनमा कमी आउँदा नेपाललाई समयमा खोप दिन नसकेको पनि विज्ञप्तिमा जनाइएको छ ।
पछिल्लो समय भारत आफै सबैभन्दा बढी प्रभावित भएको अवस्थामा अहिले भारतबाट ५० लाख डोज खोपको प्रक्रिया नै अघि बढाउन नसकिने डा गौतमले जनाएका छन्। अहिले नेपालमा अन्य खोपहरुले पनि औषधि व्यवस्था विभागबाट स्विकृति पाएकाले त्यसतर्फ कुटनितिक पहल भइरहेको समेत उनले जानकारी दिए ।
कोभिशिल्ड खोपको खरिद विवादका विषयमा स्वास्थ्य सेवा विभाग आफैले खोप खरिद गर्ने निर्णय गर्ने भएकाले बाहिर आएको जस्तो समाचारमा सत्यता नभएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।
दीर्घ जीवनका लागि रिस त्याग्नुहोस्, शान्त रहनुहोस
बसाइ नमिल्दा ढाड दुख्ने समस्या !
काठमाडौंमा १७ जना औंलोको बिरामी, सबै आयातित
स्वास्थ्य मन्त्रालयले भन्यो, सरकारी अस्पतालमा काम गर्ने अनि निजीको विज्ञापन गर्न कहाँ पाइन्छ ?
गर्मीमा तातो हावा ‘लू’ बाट कसरी जोगिने ?