उकालो लाग्दै कोरोना ग्राफ : एकैदिन ९ हजारभन्दा बढीमा संक्रमण
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना संक्रमण उकालो लागिरहेको छ । आज एकैदिन ९ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ९ हजार ७० जनामा कोरोना पुष्टि भएको हो । यसैगरी गत २४ घण्टामा ५४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ३ हजार ५२९ पुगेको छ ।
उता कुल कोरोना संक्रमितको संख्या ३ लाख ६८ हजार ५८० पुगेको छ । मन्त्रालयका अनुसार देशभर सक्रिय कोरोना संक्रमितको संख्या नै ७२ हजार ५६१ पुगेको छ ।पछिल्लो २४ घण्टामा २७ सय ७ जना संक्रमणमुक्त भएका छन्।
गत २४ घण्टामा २० हजार ३६७ जनाको पीसीआर विधिबाट र ७७५ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो । मन्त्रालयका अनुसार अहिले ३१४ जना कोरोनाको आशंकामा क्वारेन्टाइनमा रहेका छन्।
दीर्घ जीवनका लागि रिस त्याग्नुहोस्, शान्त रहनुहोस
बसाइ नमिल्दा ढाड दुख्ने समस्या !
काठमाडौंमा १७ जना औंलोको बिरामी, सबै आयातित
स्वास्थ्य मन्त्रालयले भन्यो, सरकारी अस्पतालमा काम गर्ने अनि निजीको विज्ञापन गर्न कहाँ पाइन्छ ?
गर्मीमा तातो हावा ‘लू’ बाट कसरी जोगिने ?