संक्रमितलाई बेड चाहिए स्वास्थ्य मन्त्रालयका यी नम्बरमा फोन गरौं
हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले कोरोना संक्रमितलाई अस्पताल जान परेमा वा बेड चाहिएमा तीन वटा नम्बरमा फोन गर्न आग्रह गरेको छ ।
मन्त्रालयले एक सूचना जारी गर्दै संक्रमितलाई अस्पताल जान परेमा वा बेड चाहिएमा मन्त्रालयका तीन नम्बरमा फोन गर्न आग्रह गरेको हो। ती नम्बरहरु यसप्रकार रहेका छन् : टोल फ्रि नम्बर ११३३ एवं ९८५१२५५८३९ र ९८५१२५५८३७ मा संक्रमित र उनीहरुका आफन्तले फोन गर्न सक्ने सूचनामा जनाइएको छ ।
नेपालमा प्रत्येक दिन संक्रमितको संख्या बढ्दै गएपछि अस्पतालमा बेड अभाव भएको कुरा बाहिर आएपछि स्वास्थ्य मन्त्रालयले यसरी सहयोग लिन आग्रह गर्दै फोन नम्बर सार्वजनिक गरेको हो । मन्त्रालयले चौबिसै घण्टा यी नम्बरमा फोन गर्न सकिने व्यवस्था मिलाएको जनाएको छ ।
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने
डा सन्दीपलाई प्रश्न : घुँडा किन दुख्छ, कसरी बच्ने ?