आज कोरोना संक्रमणबाट ५८ जनाले ज्यान गुमाए, ८ हजार ६५९ संक्रमित थपिए
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा आज एकैदिन कोरोना संक्रमणबाट ५८ जनाले ज्यान गुमाएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ५८ जनाको मृत्यु भएको हो । एकैदिन मृत्यु भएको यो अहिलेसम्मकै उच्च संख्या हो । उता गत २४ घण्टामा ८ हजार ६५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभर कुल कोरोना संक्रमितको संख्या ३ लाख ५९ हजार ६१० पुगेको छ भने अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ४७५ पुगेको छ ।
आज देशभरका प्रयोगशालाबाट २० हजार ७५६ जनाको पीसीआर विधिबाट र ६१६ जनाको एन्टिजेनबाट परीक्षण गरिएको थियो । यसैगरी आज १ हजार ९९३ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्रै ३ हजार ८३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने