आज एकैदिन कोरोनाबाट ५५ जनाको मृत्यु, ७ हजार ६६० जनामा संक्रमण
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा आज एकैदिन ५५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । एकैदिन मृत्यु भएको यो संख्या नेपालमा कोरोना महामारी शुरु भएयताकै उच्च हो ।
यसैगरी पछिल्लो २४ घण्टामा ७ हजार ६६० जन नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै देशभर कुल कोरोना संक्रमितको संख्या ३ लाख ५१ हजार ५ पुगेको छ । उता कोरोना संक्रमण भएर ज्यान गुमाउनेको ३ हजार ४१७ पुगेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या बढेर ५९ हजार ७९८ पुगेको छ । आज १७ सय ७५ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्।
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने