Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

५४ हजार सक्रिय संक्रमितमध्ये ५० हजारभन्दा बढी होम आइसोलेसनमा

५४ हजार सक्रिय संक्रमितमध्ये ५० हजारभन्दा बढी होम आइसोलेसनमा

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा हाल सक्रिय संक्रमितको संख्या ५४ हजार ४१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबारसम्म देशभर ५४ हजार ४१ जना सक्रिय संक्रमित रहेका छन्। यीमध्ये ५० हजार १७२ जना संक्रमित होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ८६९ जना मात्र संस्थागत आइसोलेसनमा रहेका छन् ।

मन्त्राललयका अनुसार पछिल्लो पटक कोरोना पुष्टि हुनेहरुमा बढी जटिलता देखिएको छ । जसका कारण अस्पतालमा भर्ना हुने उपचार चाहिने संक्रमितको संख्या उच्च रहेको मन्त्रालयले जनाएको छ । घरमै बसेका बेला एक्कासी समस्या आएर ज्यान गुमाउने संक्रमितको संख्या पनि बढ्दो भएकाले होम आइसोलेसनमा बसेकालाई आफनो स्वास्थ्यको निगरानी गर्न र केही भएमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्न मन्त्रालयले आग्रह गर्दै आएको छ ।

सोमबारसम्म देशभर ५ सय ७८ जनाको उपचार भइरहेको छ । उता भेन्टिलेटरमा उपचार भइरहेको सिकिस्त संक्रमितको संख्या १४२ पुगेको छ । अहिलसम्मे नेपालमा ३ लाख ४३ हजार ४१८ जनामा कोरोना पुष्टी भइसकेको छ भने ३ हजार ३६२ जनाको मृत्यु भइसकेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार