कोरोनाको नयाँ रेकर्ड : २४ घण्टामा ७ हजार ४४८ संक्रमित थपिए, ३७ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना संक्रमणले नयाँ नयाँ रेकर्ड कायम गर्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ४४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३७ जनाको मृत्यु भएको छ ।
यो अहिलेसम्मकै संक्रमितको उच्च संख्या र मृत्यु हो । योसँगै देशभर कुल कोरोना संक्रमितको संख्या ३ लाख ४३ हजार ४१८ पुगेको छ । उता हालसम्म कोरोना संक्रमण भएर ३ हजार ३६२ जनाले ज्यान गुमाइसकेका छन् ।
गत २४ घण्टामा २ हजार २१ जना संक्रमितले कोरोना जितेर निको भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म कोरोना जित्नेको संख्या २ लाख ८६ हजार १५ पुगेको छ ।
देशभर सक्रिय कोरोना संक्रमितको संख्या ५४ हजार ४१ पुगेको छ जो होम तथा संस्थागत आइसोलेसनमा रहेका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण