पर्यटनमन्त्री भानुभक्त ढकाललाई कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन \काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाललाई कोरोना संक्रमण पुष्टि भएको छ ।
आइतबार गरेको परीक्षणमा आफू र श्रीमतीमा कोरोना संक्रमण पुष्टि भएको उनले बताएका छन्। उनले अहिले आफूहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र होम आइसोलेसनमै रहेको समेत जनाएका छन् ।
कोरोना रिपोर्ट पोजेटिभ आएपछि मन्त्री ढकालले आफ्नो सम्पर्कमा आएकाहरुलाई आवश्यक सावधानी र सजगता अपनाउन समेत आग्रह गरेका छन्।
नेपालमा कोरोना महामारी शुरु हुने बेलामा ढकाल स्वास्थ्यमन्त्रीको जिम्मेवारीमा थिए ।
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो